पथरीशनिश्चरे गोल्डकपका लागि तिव्र तयारी

पथरी / लामो समयदेखि हुन नसकेको पथरीशनिश्चरे गोल्डकप पुन सञ्चालनका लागि तिव्र तयारी थालिएको छ ।

२०७१ देखि हुन नसकेको उक्त गोल्डकप पुन सञ्चालन गर्नका लागि पथरी ११ फुटवल क्लवले तिव्र रुपमा स्थानिय व्यवसायी,राजनितिकर्मि,खेलप्रेमी लगायत स्थानियहरुसंग छलफल अगाडि वढाएको छ । २०७१ देखि हुन नसकेको पथरीशनिश्चरे गोल्डकप १० वर्षपछि अर्थात २०८१ जेठमा सञ्चालन गर्ने तयारीमा जुटेको पथरी ११ फुटवल क्लवका सचिव सुमन विकले जानकारी दिए । उनका अनुसार सहयोगि दाताको खोजी,पुरस्कार राशि लगायतका विषयमा अहिले तिव्र रुपमा छलफल भइरहेको छ ।