मापसेमा लठ्ठिएर राजेश पायल राई किङ हुने खोजेपछि…….

काठमाडौँ / गायक राजेश पायल राई पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनिसहित तीनजना कलाकार पक्राउ परेका हुन् ।उनिहरु मापसे गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘राई इज किङ’ भनेर दर्शकले मन पराउने उनि बेलाबेला विवादमा समेत आइरहन्छन् । यसअघि पनि एक कार्यक्रममा एकजनालाई स्टेजमै ब्याककिक हानेपछि उनि विवादमा परेका थिए ।