भुटानी शरणार्थी च्यालेन्ज कपको हिसाव सार्वजनिक

पथरी / राइजिङ ब्रदर्स सुजना छैठौं अन्तरास्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप २०२४ को हिसाव सार्वजनिक गरिएको छ । आयोजक एमएमसि र वाइएफसीले आइतवार एक कार्यक्रमको आयोजना गरि उक्त प्रतियोगिताको हिसाव सार्वजनिक गरेको थियो ।

पथरीशनिश्चरे नगरपालिका वडा नं १० स्थित प्रस्तावित पथरीशनिश्चरे रंगसालामा फागुन १० गतेबाट २० गतेसम्मा भएको उक्त प्रतियोगितामा विभिन्न स्रोतहरुबाट नगद रु २१ लाख ५६ हजार २ सय रुपैयाँ सहयोग संकलन भएको आयोजक टिमका करण राईले बताए । उनका अनुसार खेलमा २० लाख २० हजार २ सय २० रुपैयाँ खर्च भएको थियो । संकलीत रकम (२१ लाख ५६ हजार २ सय) मा १ लाख २५ हजार रुपैयाँ भने उपलब्ध हुन बाकि नै रहेको कोषाध्यक्ष अशोक राइले बताए । सोहि क्रममा आयोजकले शसस्त्र प्रहरी बल बेस क्याम्पलाई १ सेट कम्पूटर सहयोग समेत गरेको थियो ।