प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

करिब एक घण्टा भएको कुराकानी विचाराधीन कानुनहरू पारित गर्ने र संसदलाई नियमित चलाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।

गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक वान टू वान भेट हो ।