सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम

पथरी / पथरी शनिश्चरेमा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरको नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले व्यानर पढेर तालिमको उद्घाटन गरेका थिए । नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको सो तालिम दुई दिनसम्म सञ्चालन हुनेछ भने सो तालिममा नगरका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण रामकुमार दाहालले गरिरहेका छन् ।

सहकारी शाखा प्रमुख केशवादेवी धमलाले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, सहजकर्ता रामकुमार दाहालले आफ्ना मन्तव्य राखेका थिए। नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन कार्यक्रमको समापन गर्दै आफ्ना निर्देशनात्मक भनाइहरु राखेेका थिए ।