स्ववियू पथरीले निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

पथरी / मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । स्ववियूले निर्वाचित भएर आएको एक वर्ष पुगेको अवसरमा नि शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा चैत्र ९ गते क्याम्पस परिसरमा निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने स्ववियू सभापति केशर राइले बताए । नगर क्षेत्र भरी अध्ययनरत विद्यार्थीहरुलाइ लक्षित गरी सञ्चालन गरिने उक्त शिविरमा ब्लड ग्रुप परिक्षण, स्त्री रोग विशेषज्ञ, दन्त चिकित्सा, आँखा उपचार र जनरल मेडिसिन लगायतको सेवा उपलब्ध हुनेछन् । शिविरमा ८ सय भन्दा बढी विद्यार्थीले सेवा लिने अनुमान स्ववियूले गरेको छ ।