कानेपोखरि गाउँपालिकाका शिक्षा शाखा अधिकृतले एक शिक्षिकालाई यौन प्रस्ताव राखेपछि…..

पथरी । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत वेगबहादुर काफ्लेले एक महिला शिक्षिकालाई सेक्सको प्रस्ताव राखेका छन् ।

शिक्षा शाखाका अधिकृत काफ्लेले कानेपोखरी गाउँपालिका क्षेत्रका प्रावि तहका शिक्षिकालाई सेक्सको प्रस्ताव राखेका हुन । अघिकृत काफ्लेले ती शिक्षिकालाई घर पाएक सरुवा गरे वापत सेक्सको प्रस्ताव राखेका थिए । ३ बर्ष अघि प्रावि तहमा नाम निकालेका शिक्षिका अर्को जिल्लामा शिक्षण गर्दै आएकी थिइन् ।

उनीले शिक्षण सेवा गरेको दुई वर्षपछि घरपाएक सरुवा मिलाउन खोज्दा अघिकृत काफ्लेले काम सम्पन्न हुनु अघि नै सेक्सको प्रस्ताव राखेको थियो । अधिकृत काफ्लेले फेसबुकको मेसेन्जरमा सेक्सको प्रस्ताव राख्दै आएका थिए । सेक्सको प्रस्ताव राखेको १८ वटा स्क्रीन सटको प्रमाण समेत निरन्तरखबरलाइ प्राप्त भएको छ ।

प्राप्त स्क्रिन सटको म्यासेन्जरमा शिक्षा शाखाका अधिकृत काफ्लेले पटक–पटक सेक्सको प्रस्तव राखेको देखिन्छ । महिलाले म त्यस्तो मान्छे होइन बरु सरुवा गरे वापत कति पैसा लाग्छ म दिन तयार छु भन्दा पनि उनले सेक्स फाल्टै हो, सरुवाको रकम फाल्टै हो भनेका छन् । शिक्षा शाखाका अधिकृत काफ्लेले स्क्रिन सट सेक्स र सरुवाको छुट्टा छुट्टै कुरा हो भनेका छन् ।

काफ्लेले मेसेन्जरमा प्रस्ताव राखेका कुराहरु छिनछिनमै डिलिट गरेपछि सम्बन्धित व्यक्तिले स्क्रिन सट गर्दै राखेका थिए । अन्त सम्म सेक्सको कुरो नमिले पछि काफ्लेले भोली पल्ट आफ्नो मेसेन्जर कसैले ह्याक गरेर चलाएको भनी पोष्ट गरेका थिए । त्यसपछि अधिकृत काफ्ले सम्बन्धित व्यक्तिलाई फेसबुक ब्लक थिए ।

अधिकृत काफ्लेले अफिसको समय, बेलुका मेसेन्जरमा गफ गर्ने गरेको पाइएको छ । यो विषयमा अघिकृत काफ्लेले आफुले कसैसँग गफ नगरेको बताएका छन् । हामिले उनिसंग सम्पर्क गर्दा पुराना दुश्मन र कसैले आफुलाई फसाउन खोजेको बताएका छन् । उनले स्कृनषटका आधारमा समाचार लेखे आफू कानुनि दायरामा जाने धम्किसमेत दिएक छन ।

शिक्षा शाखा अधिकृत काफ्ले गत शुक्रबार देखिनै कार्यालय नआएको शिक्षा शाखा श्रोतले जनाएको छ । सेक्सको प्रस्ताव राखेको हल्ला कानेपोखरीमा छ्यापछयाती रहेको छ ।