योजनाको अनुगमन र मतदाताको समस्या बुझ्दै गाउँगाउँमा सांसद शर्मा

पथरी / मोरङ क्षेत्र नं ३ का संघिय सांसद डा.सुनिल शर्मा यतिवेला गाउँगाउँमा देखिने गरेका छन् । मतदाताका समस्या संकलन तथा आफ्नो पहलमा आएका योजनाहरुको अनुगमन गर्दै सांसद शर्मा यतिवेला गाउँगाउँमा निस्कीएका हुन् ।

केहिदिन यता उनि सोहि निर्वाचन क्षेत्रका प्रदेश सांसदहरुसहित गाउँगाउँमा घुमिरहेका छन् । यसैविच सांसद शर्मासहितको समुहले सोमबार पथरीशनिश्चरे वडा नं १,२, ३ र ४ का केहि क्षेत्रका मतदाताको गुनासो संकलन गरेको छ । प्रदेशसभा सदस्य गिता तिम्सीना र मानवहादुर लिम्बुसहितको टोलीले पथरीशनिश्चरे वडा नं १ को मन्दिरलाइन हुँदै वडा नं २ को बुद्धचोकसम्मको सडक निरीक्षण समेत गरेको छ ।

त्यस्तै आवश्यक बजेटको पहलका निम्ती वडा नं २, ३ र ४ का केहि सडकहरुको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि आफुले हरेक तहवाट लागिपर्ने उनले बताए । उनी सहितको टोलिले कानेपोखरी आइतबारे हुँदै सुन्तली सडक, रिगुवा सम्झाना चौक हुदै किर्तिपुर जोडने र पिपल चौक, आइतबारे, देवीगंज हुदै हुनमान चौक जोडने सडकको अनुगमन समेत गरेका थियो । अनुगमनमा सडक बोर्ड नेपालका कार्यकारि निर्देशक गणेश बहादुर केसि, सडक डिभिजन मोरङका प्रमुख राजेन्द्र प्रसाद शाहको समेत सहभागिता रहेको थियो ।

बिभिन्न सडकहरुको स्तरोन्नतीका लागि बजेटको पहलका निम्ती सडक डिभिजनका कर्मचारीलाई समेत लिएर आफु आएको उनले सांसद शर्माले बताए । सुझाव तथा गुनासो संकलनका क्रममा सांसद शर्माको हालसम्मको कदमले आफुहरु खुशि रहेको र अझै जनताको मन जित्नेगरी कार्य गर्नेमा विश्वस्त रहेको मतदाताहरुले बताएका थिए । सांसद शर्मा गृहक्षेत्र आउँदा हरेकजसो समय मतदाताका गुनासो र सुझाव संकलनमा व्यस्त रहने गरेका छन् ।