ग्रेट ग्रेसकाे १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पथरी। माेरङकाे पथरीशनिश्चरे ४ स्थित शान्तीचाेकमा स्थापित ग्रेट ग्रेस ईङ्लिस एकेडेमीले आफ्नाे १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।

शुक्रबार विद्यालयकाे प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रम लगायत विभिन्न विधामा अब्बल विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै एकेडेमीले धुमधम साथ विद्यालयकाे वार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएकाे हाे ।

कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल सागर श्रेष्ठले सम्पूर्णलाई स्वागत गर्नु भएकाे थियाे भने, विद्यार्थीहरूले राई जातीकाे साकेले नृत्य द्वारा अभिभावक तथा अतिथिहरूलाई स्वगत गर्नु भएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटक, चित्रकला प्रदर्शन, बिज्ञान प्रदर्शन लागातका गतिविधिहरू देखाएका थिए । विद्यार्थीहरूले प्रस्तुत गरेकाे स्वदेश फर्क गीति नाटकले सम्पूर्ण अभिभावकतथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएकाे थियाे । त्यस्तै विद्यालयका शिक्षक शिक्षिकाहरूले प्रस्तुत गर्नुभएकाे नृत्यले कार्यक्रकाे राैनक बढाएकाे थियाे ।

साे अवसरमा विद्यालयले यस वर्षकालागि आफ्नो विद्यालयका शिक्षक शिक्षिका नरेस कुमार राई र पुष्पकला राईलाई सम्मान गरेकाे छ । साथै हस्तलेखन प्रतियाेगितामा काेशी प्रदेशकै उत्कृष्ट पुरस्कार ल्याउन सफल रेडस्टार माविका हस्तकला शिक्षक शम्भुराज घिमिरेलाई सम्मान गरेकाे थियाे ।

साे अवसरमा प्रमुख अतिथि रेडस्टार माविका प्रध्यानाध्यापक टिन तिम्सिनाले, मन्टेस्वरी कक्षामा शिक्षिकाहरूले गर्नुभएकाे मिहेनतकाे प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी लाेककिरण न्यैपानेले ‘ग्रेट गेस विद्यालय पढाईका लागि मात्र नभएर चित्रकला, गायन,नृत्य, खेलकुदका गतिविधिहरूमा पनि काेशे ढुङ्गा साबित भएकाे बताउनु भयाे ।’ अतिथि सरिता आङ्दाम्बे लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । साे अवसरमा विद्यार्थिहरूले तयार पारेकाे चित्र प्रदर्शनिका साथै बिक्रि वितरण समेत गरिएकाे थियाे । चित्रकलाकाे माध्यमबाट पनि व्यवसायिक बन्न सकिने र आयअार्जनमा टेवा पुग्ने साथै विद्यार्थीहरूमा हाैसाला प्रदान गर्ने विद्यालयका सहायक प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिनुभयाे ।

विद्यालयका फाउण्डर एवम् प्रिन्सिपल गिता श्रेष्ठकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रमलाई विद्यालका शिक्षक छिमी राई र मायाँ लिम्बूले संचालन गर्नुभएकाे थियाे ।