अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

लेटाङ ।  लेटाङमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका वडा नं २ पडानीका रुपेश राईकोे घरमा र उनैको घर छेउमा रहेको होमपाईपमा लुकाई राखेको अवस्थामा उक्त अवैध बन्दुकहरु फेला परेका हुन ।

अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक भिमलाल ओलीको टोलीले खान तलासी गर्दा वन्दुकहरु फेला पारेको ईलाका प्रहरी कार्यालय लेटाङका  प्रमुख भिमलाल ओलीले जानकारी दिए ।  पक्राउ परेका राईकाे थप अनुसन्धान भईरहेको छ ।