चिनारीले मनायो १४ औँ वार्षिककाेत्सव तथा अभिभावक दिवस

पथरी/ शिक्षण सिकाईमा छुट्टै पहिचान बनाएकाे चिनारी बाेर्डिङ स्कुलले आफ्नो १४ औँ वार्षिककाेत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएकाे छ । माेरङकाे पथरीशनिश्चरे २ मा स्थापित स्कुलले बिहिबार विद्यालय प्राङ्गणमा १४ औँ वार्षिककाेत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएकाे हाे ।

साे अवसरमा अभिभावकहरू बिच म्युजिकल चियर, मार्वल रेस, बेलुन ब्रुष्ट लगायतकाे प्रतिस्पर्धा गराइएकाे थयाे । जसमा प्रथम, द्वितिय, तृतीय हुने अभिभावकहरूलाई पुरस्कार वितरण गरिएकाे थियाे । साथमा विद्यालयका विद्यार्थीहरूले आफ्नो दमदार प्रस्तुतीहरू पस्किएका थिए । साना साना नानीबाबुहरूकाे कल्चरल र्याम्प शाे र देश भक्ती नृत्य तथा शिक्षक शिक्षिकाकाे नृत्यले सम्पूर्ण अतिथि, अभिभावकहरूकाे ध्यान खिचेकाे थियाे । विद्यार्थीहरूले कबिता बाचन, नृत्य, कल्चरल नृत्य, गायन, र्याम्स, नाटक, खेलकुदका कलात्मक प्रस्तुतिहरू पस्किएका थिए । त्यस्तै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरलाई पुरस्कार समेत वितरण गरिएकाे थियाे । यस वर्षकालागि विद्यालयले उत्कृष्ट शिक्षक सम्मान पुरस्कार अन्तर्गत विद्यालयका शिक्षिका पुनम मगरलाई सम्मान गरेकाे थियाे ।

कार्यक्रममा बाेल्दै एन प्याब्सन माेरङ जिल्ला अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी नारायण ढकालले ‘विगतकाे विद्यालय संचालन र हालकाे विद्यालय व्यवस्थापनमा धेरै अब्बल भएकाे र पठन पाठनमा मात्र नरहेर अतिरिक्त कृयाकलापमा समेत अब्बल रहेकाे सथै आगामी दिनहरूमा पनि अब्बल रहने भन्दै शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।

उक्त अवसरमा पथरीशनिश्चरे ३ नम्बर वडाका अध्यक्ष बिजय लिम्बू, वडा नं. २का वडा सदस्य चन्द्रकुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबराज न्याैपाने उपाध्यक्ष सुमित्रा ढकाल लगायतले शुभकामना ब्याक्त गर्नुभएकाे थियाे ।

विद्यालका संचालक बिरेन साम्बाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विद्यालयकी शिक्षिका प्रतिमा चापागाईँले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।