बिजेपीले घोषणा गरेका १९५ उम्मेदवारमा परे एकजना मुस्लिम

नयाँ दिल्ली / भारतीय जनता पार्टीले आगामी लोकसभा चुनावका लागि १९५ उम्मेदवारहरूको पहिलो सूची जारी गरेको छ। यसमा पार्टीले केरलाको मलाप्पुरमबाट एकमात्र मुस्लिम उम्मेदवार डा. अब्दुल सलामलाई उम्मेदवार बनाउने जानकारी दिएको छ ।

डा अब्दुल सलामले २०२१ को विधानसभा चुनावमा तिरुर विधानसभा सिटबाट चुनाव लडेका थिए। उनी यो सिटमा तेस्रो भए । दोस्रो स्थानमा रहेका स्वतन्त्र अशरफलाई पराजित गर्दै आईयूएमएलका उम्मेदवार कुरुकोली मोइदिन विजयी भए पनि भाजपाले मलप्पुरम लोकसभा सीटबाट डा सलामलाई उम्मेदवार बनाएको हाे ।

भारतीय जनता पार्टीले पहिलो सूचीमा उत्तर प्रदेशका ८० मध्ये ५१ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ । योसँगै पश्चिम बंगालमा २६, मध्य प्रदेशमा २४, राजस्थानमा १५, केरलामा १२, तेलंगानामा ९, असममा ११, गुजरातमा १५, झारखण्डमा ११, दिल्लीमा ५, जम्मू र २ सिट छन्। कश्मीर, उत्तराखण्डमा ३, यसका अलावा छत्तीसगढ, गोवा, अण्डमान र दमन दीवमा १–१ सिटमा पनि नाम घोषणा गरिएको छ ।