खेलाडीहरुलाई जर्सी तथा टिसर्ट वितरण

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागि हुने खेलाडिहरुलाई जर्सि तथा टिसर्ट वितरण गरीएको छ । पथरी शनिश्चरे नगरपालकाबाट छनौट भएका ९८ जना खेलाडीहरूका लागि नगर खेलकुद समितिले बुधबार जर्सी तथा टि सर्ट वितरण गरिएको हो ।

नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, सदस्य लोकसागर साम्बा तथा सदस्य सचिव नवीन खुलालले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा कराते र तेक्वान्दो खेलका प्रशिक्षकहरूलाई जर्सि वितरण गर्नुभएको थियो । १४ आंै राष्ट्रपति रनिङ शिल्ल प्रतियोगिता मनोहर जनता मावि मिक्लाजुङमा फागुन १८ देखि २० गतेसम्म सञ्चालन हुदैछ ।