रिफुजी च्यालेन्ज कप : आयोजक वाईएफसी सेमिफाइनल प्रवेश

पथरी / आयोजक वाईएफसी पथरीशनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार भएको खेलमा यूथ फुटबल क्लबले डाँगीहाट फुटबल क्लब बेलबारीलाई १–० गोलले स्तब्ध बनायो । यूथको जितमा अंकित लिम्बुले ४२ आंै मिनेटमा गरेको सुन्दर गोल नै विजयी हुन लागि पर्याप्त बन्यो ।

यूथका युकेस तामाङ म्यान अफ दि म्याच घोषित भएका थिए। बुधबार धरानको फेयर फुटबल क्लब र बेलडाँगी यूथ क्लबबिच प्रतिस्पर्धा हुने आयोजकका सुमन कुरुङबाङले जानकारी दिए ।