युएईमा अलपत्र परेका बस्नेत नेपाल आइपुगे

सुन्दरहरैंचा । झापा बिर्तामोडको सगुन मेन पावरबाट वैदेशिक रोजगारमा युएई गएका सुन्दरहरैंचाका आनन्द बस्नेत नेपाल फर्किएका छन । बस्नेत मंगलबार नेपाल फर्किएका हुन ।

सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा युएई स्थित नेपाली राजदुतावास, नेपाल सरकारको श्रम मन्त्रालय, युएईमा रहेका सुन्दरहरैंचा नगरपालिका वडा नं ११ का विनोद भट्टराई, विजय राई र वडा नं १२ बस्ने समिर थापाको सहयोगमा, वडा १२ नं निवासी रेखा चौहान,साथै वडा नं १२ घर भई हाल अष्ट्रेलिया बस्दै आएका युवा व्यवसायी राजकुमार श्रेष्ठको आर्थिक सहयोगमा बस्नेत बुधवार बिहान युएईबाट नेपाल आइपुगेका हुन ।

अलपत्र भएर युएईबाट नेपाल आएका बस्नेतलाई लिन सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रशाद ढकाल बुधवार बिहान काठमाण्डौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेका थिए । निवर्तमान मेयर ढकालका अनुसार बस्नेतलाई काठमाण्डौबाट विराटनगर पठाईसकिएको छ ।

निवर्तमान मेयर ढकालले मानविय समस्यामा कसैले राजनिती गर्न नहुने भन्दै सुन्दरहरैंचा निवासी बस्नेतलाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन ।