दिपेन्द्र तिम्सिनाको ‘तिमिल्सिना ईतिहास, विगतदेखि वर्तमानसम्म” सार्वजनिक

माेरङ/ मोरङमा खाेजमुलक पुस्तक प्रकाशनमा निरन्तर लागिरहेका पुस्तककार दिपेन्द्र तिम्सिनाको ११ औँ पुस्तक सार्वजनिक भएको छ । तिमिल्सिनाहरूको इतिहास देखि हालसम्मका कुरालाई समेटेर “तिमिल्सिना इतिहास विगत देखि वर्तमानसम्म” सार्वजनिक गरिएकाे छ ।

लेखक तथा प्रकाशक तिम्सिनाले नेपालमा तिमिल्सिना इतिहासदेखि वर्तमान समयका प्रसिद्धि कमाएका तिमिल्सिना वन्धुहरूका बारेमा उल्लेख गर्दै ५७ विषयसुची मार्फत २ सय २७ पृष्ठमा यो पुस्तक प्रकाशित गरेका हुन्।

पुस्तकमा लेखकले विभिन्न जिल्लाहरुमा तिमिल्सिना बसोबास, तिमिल्सिना समाज र तिनका कार्यहरू, तपश्वी भवानी शंकर, राज्यका विभिन्न उच्च तह, पद र ओहदामा पुग्ने तिम्सिनाहरू, पञ्चायत कालदेखि वर्तमान समयमा तिमिल्सिना जनप्रतिनिधीहरूको बारेमा गहिरो अध्ययन तथा खोज गरेका छन्।

उनले प्रकाशित गरेको यो पुस्तकमा माओवादी द्वन्द्व र वेपत्ता पारिएकाहरू, तिमिल्सिना वन्धुका शहीदहरू विद्यावारिधी गर्ने, वरिष्ठ शिक्षक, पत्रकार, राजनितिज्ञ, कुटनितिज्ञ, समाजसेवी, सफल कृषक, उद्योगी, वाणिज्य र व्यापारी आदिको विषयमा पनि सुक्ष्म खोज तथा अन्वेषण गरी प्रकाशमा ल्याएका छन्।

त्यस्तै, पुस्तकाकार दीपेन्द्रले कला, साहित्य, ललितकला र संगीतको विधाका सम्मानितहरू, तिमल्सिना समुदायका अगुवाहरू, भारतलगायतका विभिन्न अन्तर्राष्ट्रिय मान सम्मान तथा पुरस्कार ग्रहण गर्ने वन्धुहरू, उद्यमी आदि तिमिल्सिना वन्धुहरूको बारेमा वर्तमान सम्मको विषय वस्तुलाई अटाएको पाईन्छ।

लेखक तिम्सिनाले यो पुस्तकमा मदन पुरस्कार प्राप्त गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा काम गर्नेदेखि चर्चित आध्यात्मिक गुरुहरु, अञ्चलाधीश, जिविस सभापति, स्थानीय विकास अधिकारी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सम्मका विषयमा मसिनो अध्ययन र खोज गरी प्रकाशित गरेको बताएका छन्।

 

 




Leave a Reply

Your email address will not be published.