ग्रेट नेपाल साकोसले एक सय जनालाई नि:शुल्क कम्प्युटर तालिम दिने

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको ग्रेट नेपाल बचत तथा ऋण सहकारी सस्थाले  निःशुल्क कम्प्युटर कोर्षको तालिम दिने भएको छ । ग्रेट नेपालले अति विपन्न परिवारका १०० जनालाई उक्त तालिम दिन लागेको हो ।

ग्रेट नेपाल साकोसले कम्प्युटर पोइन्ट नेपाल (सिपिएन) सँग सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएको हो ।

संस्थाको सामाजिक उतरदायित्व अन्तरगत रहेर ग्रेट नेपालले तालिम दिन लागेको ग्रेट नेपाल साकोसका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यले बताए ।

ग्रेट नेपाल साकोसले उपलब्ध गराएको उक्त तालिममा सहभागी हुन ग्रेट नेपाल साकोसको कार्यालय विराटचौक तथा सिपिएन विराटचौकको कार्यालयमा आवेदन दिनु पर्नेछ । उक्त साकोसले फागुन ९ गते देखि सहाभागी हुन चाहने व्यक्तिहरुले आवेदन दिन सक्ने जनाएको छ । छनौटका लागि अन्तर्वार्ता फागुन १५ मा हुने साकोसले जानकारी दिएको छ ।

तालिममा अफिस प्रोग्राम, इ-एकाउन्टिङ, कम्प्युटर टेक्निसियन र ग्राफिक्स डिजाइनको कोर्षहरुको सिकाई हुने ग्रेट नेपाल साकोसले जनाएको छ ।