लेटाङको श्रेष्ठ फर्निचरको सेवा विराटचौकमा

सुन्दरहरैंचा । लेटाङमा अपार सफलता पाएको श्रेष्ठ फर्निचरको शाखा विराटचौकमा खुलेको छ । सुन्दरहरैचा ९ पश्चिम बसस्टेन्ड दक्षिणमा सुरु गरिएको फर्निचर हाउस फागुन २ गते देखि सुरु गरिएको फर्निचरका संचालक उमेश श्रेष्ठले जानकारी दिए ।

उद्घाटनको १५ दिन सम्म फर्निचर हाउसले विशेष छुटको योजना समेत सार्वजनिक गरेको छ । उक्त फर्निचर हाउसले लेटाङमै उत्पादित गुणस्तरिय काठको प्रयोग गरि सामान निमार्ण गरिरहेको छ ।

श्रेष्ठ फर्निचर हाउसले मोडुलर किचन, इन्टेरियर डिजाईन, बक्स पलङ, लोबेड, शिपिस दराज, २ पिस दराज, सिङ्गल दराज, स्टील दराज, आराम चियर, सोफा सेट, डाइनिङ टेबल, कार्पेट, म्याट्रेस फर्म, डसना, ब्ल्याङ्केट, तन्ना एवम् लेटाङमा उत्पादित श्रेष्ठ फर्निचर हाउसका ब्राण्डेड फर्निचर र डेकोरेसनका सामानहरु थोक मूल्यमा पाईने श्रेष्ठले बताए ।२०८० साल फाल्गुण १७ गतेसम्म प्रत्येक सामान खरिदमा विशेष छूट रहेको समेत उहाँले बताउनुभयो ।

ग्राहकले खोजेको जस्तै किसिमका फर्निचर आईटम निर्माण गरिने श्रेष्ठले बताए । फर्निचरको आफ्नै फ्याटरीमा सामान उत्पादन गरिने भएकाले अन्य ठाउँ भन्दा निक्कै सस्तोमा सामान पाईने श्रेष्ठले बताएकाछन ।