किशोर निराैला
मधुमल्ला / प्रगतिशील गायक जीवन शर्माको गीत जस्तै न रोकेर रोकिन्छ, न सुकेर जान्छ । भारी बोकेर गुजारा गरिरहेका मजदुरहरुको जीवन कहानी र जीन्दगानी यस्तै छ ।
प्रसंग हो मोरङ मिक्लाजुङ वाड न ९ निबासि बिस्नु तिम्सिना मिलन चाैधरि संदिप गाेसामि बिचारि राई दैनिक भारी बोकेर गुजारा चलाइरहेका मजदुरहरुको हिउँद यामको यो चिसो मौसममा पनि एकसरो कपडा छ जीउमा तर पनि चिलचिल पसिना निधारमा । गह्रो भारी बोकेपछि चिसोको प्रवाह भएन र बग्यो पसिनाले निथ्रुक्क भयो जिउ । ६२ वर्षको उमेरमा पनि असिन–पसिन हुनेगरी यसरी दैनिक भारी बोक्छन् । के जाडो, के गर्मी । जहिले पनि काम त गर्नेपर्छ । पसिना बगाउनैपर्छ’ उनी सुनाउँछन्, ‘१५ वर्ष भयो यसरी मधुमल्लामा भारी बोकेर यताउता गर्न लागेको ।’
उमेरले नेटो काट्नै लाग्दा पनि भारीको भार घटेको छैन तैपनि मिक्लाजुङ ९ चन्द्र बाहदुर मगरलाई कुनै पछुतो छैन । उनी भन्छन, ‘हाम्रो काम नै यही भएपछि के लाज, के अप्ठ्यारो । यसैबाट हाम्रो त जीन्दगी चलेको छ ।’