रेखा थापाप्रतिको अभिव्यक्तिपकछि राजेन्द्र लिङदेनको लोकप्रियता घट्दो

काठमाडौं / राजेन्द्र लिङ्देनले एक कार्यक्रम मा आमा बन्न लागेकी राप्रपाकी नेतृ, चर्चित अभिनेत्री रेखा थापा विरुद्ध तथा महिलाविरोधी सार्वजनिक टीप्पणी एक व्यक्ति विरुद्ध नभएर, आम महिला विरुद्धको पूर्वाग्रह हो । त्यसैले लिङ्देन महिलाविरोधी मात्र नभएर मानवताविरोधी समेत हुन् ।

  • आमा बन्न लागेकी एक महिलाविरुद्ध विषवमन गरेपछि राप्रपा अध्यक्ष लिङ्देनको लोकप्रियतामा अहिले पैरो गएको छ । सहर बजार, बुद्धिजीवीदेखि दूरदराज, आम जनताबीच उनको चर्को आलोचना छ । लिङ्देनले झापालगाएत बाट अाउदादिनहरुमा महिलापुरुषको भोट नै नपाउने माहोलआफैनै तयार गर्दैछन यो त आउदा दिनमा समयले बताउने नै छ।

लिङ्देनको भनाइ आधार मान्ने हो भने, राप्रपाका नेता, कार्यकर्ताले लिङ्देनको अनुमतिमा मात्र बच्चा जन्माउन पाउने हुन्छ । ‘मैले चिठि दिएको व्यक्तिले किन नसोधी बच्चा जन्माएको ?’ भन्दै लिङ्देन कड्किए भने आश्चर्य मान्न पर्दैन है ।

पार्टी स्रोतका अनुसार, बात लाग्छ भनेर अहिले राप्रपामा महिलाहरु लिङ्देनको चरित्र देखि टाढै बस्न थालेका छन् । एक्लै समय लिने, घरमा भेट्न जान छाडेका छन् । समूहमा त्यो पनि पार्टी कार्यालयमा मात्र भेट्छन् स्वाभिमानी महिलाहरु पार्टी अध्यक्षसँग ।

कोशीमा सभामुख खाने, विदेशमा स्वदेशमा लेनदेन गर्ने, गणतन्त्रको हुण्डी खाने नेता भनेर स्थापित भएका लिङ्देनको कार्यकाल बाँदरको हातमा नरिवल साबित भएको छ । पैसा, प्रलोभनमा डुब्ने र खोक्रो आदर्श छाँट्ने राप्रपाका सिकारु ड्राइभर अहिले पूर्ण तनावमा छन् । हिजो कमल थापालाई चुस्ने र असफल बनाउने झुण्डकै घेराबन्दीमा छन् ।

महिलाको प्राकृतिक दायित्व र अधिकारमाथि खिसी गर्ने लिङ्देन,मातृत्वप्रेम र मानवताविरोधी मात्र होइन नागरिक स्वतन्त्रताका विरुद्धमा समेत देखिए । आफूखशी आवतजावत, स्वनिर्णय, आफू र भावी सन्ततिको कल्याण पनि सोँच्न नपाइने भयो, लिङ्देनको हैकमबादि शासनमा अर्थात् आमाको रगतको कसम खाने लिङ्देनले आमाको दुधको धाराको भार बुझेनन् । आमाहरुप्रति घात गरे । यसबाट लिङ्देनले सन्तुलन गुमाएको ज्ञात हुन्छ ।

अरुलाई कटाक्ष गर्ने राजेन्द्र लेनदेनले अमेरिका अध्ययन गरिरहेकी छोरीलाई नेपालमै विवाह गराउने र नेपालमै बच्चा जन्माउने चाँजो मिलाउछन् होला । छोरीले अमेरिकामै बच्चा जन्माइन् भने राजनीतिबाट सन्यास लिन्छु भनेर कसम खान्छन् होला, समाजमा अहिले प्रश्न उब्जिएको छ ।