लर्ड बुद्ध साकोसको २२ औं स्थापना दिवसमा बिविध कार्यक्रम

पथरी / लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि पथरी शनिश्चरे २ ले आफ्नो २२ औं स्थापना दिवस बिविध कार्यक्रम गरि मनाएको छ । साल्पा होटलको सभाहलमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य सम्मान, सहित अन्य बिविध कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

जेष्ठ सदस्य सम्मानबाट पथरीशनिश्चरे २ का पदमबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पथरीशनिश्चरे २ का वडा अध्यक्ष नैना राईले सम्मानपत्र प्रदान गरेका थिए । यस्तै सबैभन्दा बढी शेयर सदस्य सिफारिस गर्ने विजय राईलाई प्रशंसा पत्र प्रदान गरेको थियो भने एकल सेयर सदस्य महिलाहरुलाई नगद २ हजारका दरले राहत वितरण थियो । उत्कृष्ट कर्मचारीको रुपमा सहायक ब्यवस्थापक राज निरौलालाई ५० कित्ता शेयरको प्रमाण पत्र प्रदान गरेर पुरस्कृत गरिएको सचिव महेन्द्र ढुङगानाले जानकारी दिए ।

संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागीता जनाएर प्रथम हुने न्यू पेगोडा ईङलिस बोडिङ स्कुल पथरीशनिश्चरेका १ सरमन ढुङगेल, द्धितिय हुने वाल्मीकि मेमोरियल मावि पथरीशनिश्चरे २ का राशी कार्की, तृतिय हुने चन्द्र किरातेश्वर मावि पथरीशनिश्चरे ७ का खुसी आङदेम्बे र सान्तवना रेडस्टार अङग्रेजी आवकसिय मावि पथरीशनिश्चरे २ का आराध्य खडकालाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको संस्थाका कोषाध्यक्ष दोर्णबहादुर खड्काले बता गराइयो ।

संस्थाले आयोजना गरेको रत्तदान कार्यक्रममा संस्थागत रुपमा सहभागीता जनाउने रेड स्टार आवासिय अङग्रेजी आवसिय मावि र शान्ति टोल विकास समिति पथरीशनिश्चरे २ लाई प्रदान गर्दै संस्थाको जेष्ठ सदस्यहरुलाई आजिवन भत्ता वितरण गरिएको संस्थाका ब्ब्यवस्थापक गणेशकुमार राईले बताए । संस्थाका अध्यक्ष धनराज राई (अमिर) को अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेन्द्र ढुङगानाले संचालन गरेका थिए ।