क्यान्सर पीडित बिक्रम धिमाललाई आर्थिक सहयोग

उर्लाबारी / उर्लाबारी उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा युवा व्यवसायी नुतन राईको पहलमा बिरामीलाई आर्थिक सहयोग गरिएको छ ।

उर्लाबारी बक्राहा घाट बानडाँडा निवासी ७० बर्षीय क्यान्सर पीडित बिक्रम धिमाललाई नगद २५ हजार १ सय १० रुपैंया सहयोग गरिएको हो । युवा व्यवसायी नुतन राईले ब्यक्तिगत रुपमा नगद ५ हजार सहयोग गर्नुभएको छ। इस्तै,अमेरिकाबाट आयुष राईले ५ हजार २ सय १० रुपैंया, अष्टेलियाबाट ध्रुब खड्काले २५ सय, केदार श्रेष्ठ ३ हजार र परिवर्तन टोल  बिकास समाज उर्लाबारी ९ हजार ३ सय ९५ संकलन भएको थियो । उक्त एकमुष्ट रकम बिरामीलाई हस्तान्तरण गरिएको छ । व्यवसायी राई, रमेश भण्डारी लगायतले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।