७१ जना बिपन्न परिवारका विद्यार्थीलाई लत्ताकपडा बितरण

मोरङ / मध्य माघको चिसो ठिहीमा एकसरो लुगा लगाएर आउन नसक्ने विद्यार्थीलाई तान्त्रिक गुरू सुजन पूर्वछाने मगरले पोशाक वितरण गरेका छन् ।

मगरले सोमबार उत्तरी मोरङको लेटाङ–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयका बालकक्षा देखि ३ सम्म अध्ययन गर्ने ७१ जना छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरेका हुन । तान्त्रिक गुरू सुजन ३ वर्षयता जाँतेमा मन्त्रतन्त्र र जडिबुटीका माध्यमबाट नशाजन्य रोगको उपचार गरिरहेका छन् । दैनिक ३०/४० जना विरामी पुग्ने उहाँको आश्रममा उपचार खर्च लाग्दैन । तर, जो ब्यक्ति लामो समयको एलोपेथिक उपचारबाट निको नभएर दिक्क हुँदै उनको पुगेर निको हुन्छन् । तिनीहरूले तान्त्रिक गुरूलाई मन खोलेर आर्थिक सहयोग गर्छन् । सुजनले भने– फुकफाक र जडिबुटी बिक्री भएको आम्दानी समाज सेवामा लगाएको हुँ । कुनै स्वार्थ छैन् । न मलाई चुनाव लड्नु छ , न कुनै राजनीतिक नियुक्ति प्राप्त गर्नुछ ।
श्री माध्यमिक विद्यालयमा पोशाक प्राप्त गर्न आउने विद्यार्थीको हुलिया देखेपछि पुर्बछानेले बालकक्षा देखि कक्षा ३ सम्मका सबै विद्यार्थीलाई जुत्ताको ब्यवस्था गरिदिने घोषणा गरे । माघको जाडोमा एकसरो लुगामात्र लगाएर आउने विद्यार्थी साँच्ची कै विपन्न छन । त्यसैले सहयोग गर्न मन लाग्यो ,उनले भने ।

वडा नं.९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले तान्त्रिक गुरू सुजन पूर्वछाने शिवशक्ति बाबाको रुपमा परिचित हुनु लेटाङको गौरव भएको बताए । पछिल्लो समय उनको लेटाङ–९ बुद्धचौकको आस्रममा ५ जनाले आवासीय रुपमा उपचार गराइरहेका छन् । योग साधना र तन्त्रका माध्यमबाट उपचार गर्ने पुर्वछानेले जबरजस्त कसैलाई पनि उपचारका लागि नबोलाएको बताए ।

भारत र नेपालका योग साधक देखि नेपाल भारतका नेता समेत उनको आस्रममा पुग्न थालेका छन् ।