श्रीखण्ड विधालयको नवनिर्मित भवनको उद्घाटन

सुन्दरहरैंचा । श्रीखण्ड माध्यमिक विधालय सुन्दरहरैंचा  नगरपालिका वडा नं ३ को नव निर्मित भवनको मंगलबार एक भब्य समारोहका बिच उद्घाटन भएको छ ।

राष्ट्रिय सभा संसदिय दलका नेता रमेशजंग रायमाझीको पहलमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमबाट नेपाल सरकारले ४५ लाख रकम उक्त विधालयको भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो ।

नवनिर्मित भवनको राष्ट्रिय सभा संसदिय दलका नेता रमेश जंग रायमाझीले उद्घाटन गरेका हुन् । समारोहमा विद्याथीले आकर्षक गित तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली खड्काको अध्यक्षतामा उद्घाटन समारोह भएको हो ।

उद्घाटन समारोहमा राष्ट्रिय सभा संसदिय दलका नेता रमेशजंग रायमाझी, जिल्ला समन्वय समिती मोरङ प्रमुख अजम्बर राई, समाजसेवी बाबुराम कोइराला(वासु)  लगाएतले मन्तब्य राखेका थिए ।