काठमाडौं / नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन देखी बढेको सुनको मूल्य बुधबार प्रतितोल १०० रुपैयाँले बढेर छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दुइदिन पनि सुनको भाउ क्रमशः प्रतितोला ३००–३०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार सुनको मूल्य १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १४ सय २० रुपैयाँ कायम रहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।