अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने सिवाकोटी पक्राउ

काठमाडौं / अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गरेको आरोपमा मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उनलाई पक्राउ गरेको हो।

सञ्चालक सिवाकोटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ। उनले मासिक २ लाख आम्दानी हुने भन्दै अजरबैजान पठाइदिने बताएका थिए। पैसा बुझेपछि भने उनी भारतको दिल्ली फरार भए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुलेको छ।