पथरीशनिश्चरे नगरपालिकाको १४ औं नगरसभाका निर्णयहरू सार्वजानिक

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिकाले २०८० माघ ५ गते चौधौ नगरसभाबाट पारित गरेका निर्णयहरू सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता एवं वडा नं। ८ का अध्यक्ष नविन कार्कीले नगरसभाबाट भएका निर्णयहरु प्रेस विज्ञप्ति मार्फत सार्वजानिक गर्नुभएको थियो ।

जसअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समीक्षा कार्यक्रम पारित, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन विधेयक २०८० पारित, साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्वन्धी विधेयक २०८० स्वीकृत, वडा तथा नगरपालिकाको संसोधित बजेट सर्वसम्मत स्वीकृत लगायत प्रस्तुत गरिएको थियो । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले नगरको फोहोर मैलाको विषय, विधेयक पास गर्ने विषय, कोल्डस्टोर र बजारको पार्किङको विषयमा प्रश्नहरु उठान गरेका थिए । सो विषयमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले हालसम्म भएका विस्तृत विवरणहरु बारे प्रष्ट पार्नुभएको थियो ।

पत्रकार सम्मेलनमा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं। १ का अध्यक्ष भिम राईको उपस्थिति रहेको थियो ।