शान्ति सामुदायीक बनको अध्यक्षमा कुलमणि गुरुङ

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १ मा रहेको शान्ति सामुदायिक बन उपभोक्ता समूहको शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा कुलमणि गुरुङ निर्वाचित बनेका छन् । आइतबार विहान प्राप्त अन्तिम मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिद्धन्दि इन्द्रबहादुर राईलाई २४ मतले पछि पार्दै विजयी बनेका हुन् ।

४ जना प्रतिस्पर्धि रहेको अध्यक्ष पदका उम्मेद्धारमा कुलमणि गुरुङले ३सय २० मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धि इन्द्रबहादुर राई (आइ.वि) ले २ सय ९६ मत ल्याएका थिए । त्यस्तै अर्का उम्मेद्धार पूर्ण पाख्रिनले २ सय १८ मत ल्याएका थिए भने अर्का उम्मेद्धार हेमभक्त गुरुङले ७९ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित गुरुङ अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष रहेका थिए । उनि नेकपा एमाले निकट हुन भने इन्द्रबहादुर राई काङग्रेस निकट रहेका छन् । उनि अघिल्लो कार्यकालमा सदस्य रहेका थिए । उनलाई नेकपा एकिकृत समाजवादिको अप्रत्यक्ष सहयोग रहेको थियो । अर्का उम्मेद्धार पूर्ण पाख्रिन पनि नेकपा एमाले निकट नै हुन भने हेमभक्त गुरुङ जसपा निकट हुन् । पाख्रिन र गुरुङ भने विना प्यानल निर्वाचनमा होमिएका थिए ।

त्यस्तै उपाध्यक्षमा नवराज मिश्र २ सय ५९ मतको साथ विजयी भए । उनि एमाले निकट रहेपनि एमालेले उपाध्यक्षमा गोपाल तामाङलाई समर्थन गरेको थियो । तामाङ पनि नेकपा एमाले निकट नै रहेका उम्मेद्धार हुन् । तामाङले २३४ मत प्राप्त गरे सचिव पदमा ४ सय ३१ मत प्राप्त गर्दै अनिता थापा विजयी भइन उनि पनि नेकपा एमाले निकट नै रहेकी छिन् । सहसचिव पदमा सिता धिमाल निर्वाचित भइन । रोमान्सी धिमालले ४ सय २ मतको साथ कोषाध्यक्ष पदमा निर्वाचित भइन ।

त्यस्तै सदस्य पदमा क्रमश ः अमित बहादुर लिम्बु,सुमन कार्कि,मिलन राई,चित्रकलाई राई,अम्बिका लिम्बू, सरिता राई, गोमा खड्का र बन्दना कट्टेल निर्वाचित बने । १०१७ मतदाता रहेको उक्त बन समितिमा ९६३ मत खसेको थियो ।