सुन्दरहरैंचा पत्रकार समूहको अध्यक्षमा निरौला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुन्दरहरैंचा पत्रकार समूहको अध्यक्षमा बाबुराम निरौला चयन भएका छन् । बुधबार भएको समूहको पहिलो वार्षिक साधारणसभाले निरौलालाई सर्वसम्मत रूपमा नयाँ कार्यसमितिको अध्यक्ष चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा खेमचन्द्र अधिकारी, सचिव राजन पोखरेल, सह–सचिव ज्ञाननाथ ढकाल र कोषाध्यक्षमा कृष्णचन्द्र सुवेदी चयन भएका छन् । समूहको सदस्यहरूमा गणेश मिश्र, शोभा घिमिरे र साइमन रेग्मी चयन भए ।

साधारणसभाले पत्रकार समूहको सल्लाहकारमा मणिराम दाहाल, लिलानाथ गच्छदार र शिव भट्टराईलाई चयन गरेको छ । पत्रकार समूहको वार्षिक साधारणसभा समूहका संस्थापक अध्यक्ष मणिराम दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।