विराटनगर आगलागी: मृतकको संख्या तीन पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ ।

बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे । कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर-६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको हो ।

आगोमा परी घाईते भएका अन्यको विराटनगर-६ का ५८ बर्षीय किशोर पासवान, ६० बर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० बर्षीया पिङ्की कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भईरहेको छ ।