अमेरीकामा रहेको कबीर ज्ञानोदय सामाजिक केन्द्रद्धारा पथरीशनिश्चरेका २५ परिवारलाई आर्थिक सहयोग

पथरी / अमेरीकामा रहेको कबीर ज्ञानोदय सामाजिक केन्द्रले पथरीशनिश्चरेका २५ विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।

केन्द्रका निमित्त अध्यक्ष दिपेन्द्र दाहालको सल्लाहमा पथरीशनिश्चरेका पत्रकार गोपाल काफ्ले, वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं ८ का युवा किशन राई लगायतका व्यक्तिले नगरका विभिन्न वडामा पुगि विपन्न परिवारका बृद्धबृद्धा, अशक्त अपांग तथा एकल महिला/पुरुषको छनोट गरि उक्त सहयोग गरेका थिए । आयआम्दानि हुने तथा गरिखान सक्नेहरुका परिवारमा दशैको रमझम आइरहँदा विपन्न परिवारका सदस्यहरुमा भने बिहान बेलुकाको गुजारा टार्न नै र्धौ धौ परिरहेको बुझेपछि उक्त सहयोग गरिएको संस्थाका अध्यक्ष नारायण आचार्यले बताए ।

अमेरीकामा रहेको उक्त धार्मिक संस्थाले नेपालका विपन्न परिवारमा बेलाबखत अन्य सहयोग गर्दै आएको छ । सहयोग बुझ्दै पथरीशनिश्चरे वडा नं ९ कि भिममाया तामाङले खुशि ब्यक्त गरिन । एकल महिला समेत रहेकी उनले ४० वर्षअघिदेखि झोडा फाडेर त्यहाँ बस्दै आएको बताइन । निकै बृद्धअवस्थामा रहेकी उनलाई आफ्नो उमेर समेत थाहा छैन । नागरिकता नभएका कारण उनि राज्यले दिँदै आएको बृद्धभक्ताबाट समेत बञ्चीत छिन् । आफु यस्तो अवस्थामा रहेको परिवारमा अन्य सदस्य समेत नरहँदा जिविकोपार्जनमा समेत समस्या भइरहँदा उक्त सहयोग पाउँदा उनको मुहारमा खुशिको भाव देख्न सकिन्थ्यो । सोहि क्रममा सहयोग वितरणकर्ताले उक्त वडाका वडाध्यक्षसंग आवश्यक प्रक्रिया पुर्याई नागरिकता बनाइदिन अनुरोध गरेका थिए । उक्त अनुरोधलाई स्किार्दै वडाध्यक्ष बिरबहादुर राइृले आफुले उनका नागरिकता बनाइदिन प्रक्रियागत रुपमा सक्दो लाग्ने प्रतिबद्धता जनाएका थिए ।

सहयोग पाउने ति परिवारमध्ये अधिकांश सदस्य उमेरले बृद्ध भइसक्दा पनि नागरिकताबाट बञ्चित रहेका तथा आफन्त र घरविहिन रहेका थिए । संस्थाले ‘गरिव विपन्नको परिवारमा दशैँ’ भन्ने अभियानका साथ उक्त सहयोग कार्यक्रमको आयोजना गरेको थियो । उक्त संस्थासंग समन्यव गरि नगरभरि नै आगामि बर्षहरुमा पनि सो कार्यक्रमलाई निरन्तरता दिनका लागि पहल गर्ने वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले बताए ।