पथरी – जाँते सडक खण्डमा अपराधिक घटना रोक्न शान्तिले थाल्यो झाडी सफाइ

पथरी / पथरी – जाँते सडक खण्डमा अपराधिक घटनाको जोखिम बढ्न थालेपछि त्यस्ता घटना न्यूनिकरणका लागि पथरीशनिश्चरे वडा नं १ को शान्ती सामुदायीक बनले झाडि सफाई कार्यक्रम थालेको छ । शान्ति सामुदायिक बन उपभोक्ता समुह पथरी शनिश्चरेले आफ्नो बन क्षेत्रमा आजदेखि सफाई कार्यक्रम थालेको छ ।

केहि महिनादेखि बन क्षेत्रमा लुटपाटको घटना घटेकाले सोमबारदेखि बनले सरसफाइ गरेको हो । बन कार्यबाहक अध्यक्ष हेम भक्त गुरुङले पथरी शनिश्चरे १ नम्बर वडा कार्यालयको अनुरोधमा पथरी(जाते सडक खन्डको बनको क्षेत्रमा पर्ने करिब २ किलोमिटर सडकको पूर्व – पश्चिम सयरसय मिटर सफाइ गरेको बताए । शनिबारसम्म जारी रहने झाडी सफाइमा ४ टोल र उपटोलका उपभोक्तालाई कार्यविभाजन गरिएको छ । सोमबार भने डेड सय उपभोक्ताले सफाइ गरेको जनाएको छ ।