कास्कीमा नेकपाकी उम्मेद्वार विद्या भट्टराई अग्रता

बिराटचोक ः कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिएकी छन् । भट्टराईले ३ हजार २ सय ७६ मत ल्याएकी छन् । यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत मात्र ल्याएको बताइएको छ ।