बेलबारीमा नापतौल शिविर संचालन

बेलबारी,
बेलबारीका उद्यमी तथा व्यवसायीहरुलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्ने उदेस्यले बेलवारी उद्योग वाणिज्य संघको आयोजनामा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको प्राविधीक सहयोगमा नापतौल दर्ता तथा नविकरण भईरहेको छ ।

बेलवारी उद्योग वाणिज्य संघको कार्यालयमा आईतवार देखी जारी उक्त नापतौल शिविर सोमवार सम्म संचालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक) ले बताए । लामो समयदेखी आफ्नो व्यवसायीक फर्ममा चालु रहेका ढक, तराजु, लिटर, मिटर गुणस्तर तथा नापतौल कार्यालयमा दर्ता नविकरण नगरी संचालनमा गरिरहेको अवस्थालाई मध्यनजर गरेर नापतौल डोरको अयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगर बाट डोर प्रमुख निरिक्षक रजनिस झा को नेत्रित्वमा चार जना कर्मचारीहरुले दुईदिने शिविरमा सेवा दिईराखेका छन् । आईतवार ८० जना भन्दा बढिले सेवा लिईसक्नु भएको संस्थाका वाणिज्य सचिव रुपेश श्रेष्ठले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published.