इन्स्पेक्टर जवराको एक महिने कार्यकाल: हत्यामा संलग्न देखि नक्कली परिक्षार्थी पक्राउ

बेलबारी । मोरङको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी निरिक्षक (ईन्स्पेक्टर) उदय शमसेर जबराले आफनो एक महिने कार्यकालमा भएका महत्वपुर्ण उपलब्धि सार्बजनिक गरेका छन । शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यलय बेलबारीमा स्थानीय सञ्चारकर्मी सँगको भेटमा उनले एक महिनाको अबधिमा भएका महत्वपुर्ण कार्यहरु सार्बजनिक गरेका हुन ।

जवराको एक महिने कार्यकालमा हत्यामा संलग्न देखि सयौ नक्कली परिक्षार्थीहरु पक्राउ परेका छन । जवराले आफ्नो एक महिने कार्यकालमा बेलबारीमा आफनै श्रीमतीको हत्या गर्ने बेलबारी १ का ४९ बर्षिय हिमकर्ण महतलाई पक्राउ गरेका छन । उनले सहकारी तोडफोड गरी सहकारीको रकम चोरी गर्ने ग्रामथान गाँउपालिका वडा नम्बर ५ का ४० बर्षिय दिलिप कुमार चौधरी,२८ बर्षिय ईरज धामी, र सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ५ नरेशखोर टोल बस्ने २६ बर्षिय मिथिलेश र लालबन्दी नगरपालिका २ पुनरबास टोल बस्ने ३५ बर्षिय मिथुन पासवानलाई पक्राउ गरी कानुनी कार्वाहीमा ल्याएका छन ।

जवराको कार्यकालमा मोरङमा सञ्चालन भइरहेको एसईई परिक्षामा नक्कली विधार्थीहरु रहेको घटना सार्वजनिक भयो । मोरङको सुन्दरहरैचा स्थित जनता माद्यामिक विधालय, केराबारीको मछिन्द्र विधालय र ग्रामथानको सरस्वती नमुना माविमा परिक्षा दिईरहेका नक्कली विधार्थीहरुलाई पक्राउ गर्न इन्स्पेक्टर जवराको टिम सफल भएको थियो । चैत २२ गते मोरङ ग्रामथान गाँउपालिका २ मा रहेको सरस्वती नमुना माविमा अर्कोको नाममा परीक्षा दिनेसुनसरी धरान ५ बस्ने वर्ष २८ की सुस्मिता लिम्बु र परीक्षा दिन लगाउने धरान स्थितमा रहेको डल्फिन पुर्वान्चल एकेडेमीका संचालक जिल्ला सुनसरी धरान १५ बस्ने वर्ष ४९ को सन्तोष राईलाई पक्राउ गरी उक्त मुद्दाको सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी मोरङ जिल्ला अदालतमा पेश भएकोमा २०८० वैशाख ११ गतेको आदेशले प्रतिवादी सन्तोष राई १ लाख धरौटमा र प्रतिवादी सुस्मिता लिम्बु ४० हजार धरौट राखी छुटेको भेटघाटमा निरिक्षक जवराले जानकारी दिए ।

चैत २३ गते मोरङ सुन्दरहरैचा वडा नंम्बर १ मा रहेको जनता माविमा अर्कोको नाममा परीक्षा दिने अजय राई सहित १५ जना मानिसलाई पक्राउ गरी उक्त मुद्दाको सम्पुर्ण अनुसन्धान कार्य सम्पन्न गरी मोरङ जिल्ला अदालतमा पेश भएकोमा वैशाख १२ गतेको आदेशले प्रतिवादी १५ जना प्रतिवादीहरू जनही रु ४० हजार घरीट राखी छुटेको चैत २३ गते मोरङ केराबारी ७ मा रहेको सार्वजनिक माविमा अर्कोको नाममा परीक्षा दिने इन्दिरा लावती सहित १ सय २६ जनालाई पक्राउ गरी उक्त मुद्दाको सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी मोरङ जिल्ला अदालतमा पेश भएकोमा मिति वैशाख १४ गतेको आदेशले सावालक प्रतिवादीहरु जनही रु ४० हजार धरौटीमा छुटेको र नावालक अभिभावकको जिम्मामा छुटेका छन ।