सहिद रत्नकुमार बान्तवा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाललिाई

पथरी / सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । पथरीशनिश्चरेको फ्रेण्डसिप चेस क्लवको आयोजनामा सोमबार भएको फाइनल खेलमा तीन पटकका नेपाल च्याम्पियनसमेत रहेका नेपालीले उक्त उपाधि जितेका हुन् । उपाधिसँगै नेपालीले ५१ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफि प्राप्त गरेका थिए ।

प्रतियोगितामा काभ्रेका खोमप्रसाद तिम्सिनाले दोस्रो हुँदै ३५ हजार र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो हुँदै २५ हजार नगद पुरस्कार तथा ट्रफि प्राप्त गरेका थिए । प्रतियोगितामा चौथो हुने पुकार राईले २० हजार रुपियाँ पुरस्कार पाए भने पाँचौँ हुने नवीन तुण्डकारले १५ हजार रुपियाँ प्राप्त गरेका थिए । प्रतियोगितामा १५ ओं स्थानसम्म मुख्य र १६ वटा क्याटागोरी गरेर ३१ वटा नगरसहित पुरस्कार प्रदान गरिएको थियो । जसअन्तर्गत १५ वटा पथरीशनिश्चरेका खेलाडिले जितेका थिए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, भोजपुर, रौतहट, काठमाडौं, काभ्रे, लमजुङ, रुपन्देही, इलाम जिल्ला गरी एक सय १० खेलाडीको सहभागिता रहेको थियो । पञ्चायति शाषन विरुद्धको आन्दोलनमा गोली लागेर मृत्यु भएका २७ वर्षिय रत्नकुमार वात्तावाको सम्झनामा उक्त क्लवले हरेक वर्ष प्रतियोगिता गर्दै आएको छ ।