प्यूठानका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

सिर्जना आचार्य
कपिलवस्तु / प्यूठानमा ३ दिने पत्रकारिता तालिम सन्चालन भएको छ । प्यूठान नगरपालिकाको सहयोग एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको मुख्य आयोजनामा सन्चारकर्मिहरुका लागि ३दिने डिजिटल पत्रकारिता तालिम सन्चालन गरिएको हो । शुक्रबारदेखि आइतबारसम्म जुम्रीमा रहेको आयुष्मा होटेलको सभाहलमा सञ्चालन हुने उक्त ३ दिने पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजालको अध्यक्षता रहेको थियो भने तथा प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्वाटन गर्दै प्रमुख अतिथी प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगिले पत्रकारिता क्षेत्रमा पुर्ण रुपमा दक्ष भई लाग्नुपर्ने र पत्रकारिताको मर्यादित ढंगले भुमिका निभाउनुपर्ने बताएका थिए । उनले पत्रकारीतालाई विश्वसनियता कायम गर्नको लागि पत्रकारले आफ्नो वातावरण तयार पार्नुपर्ने जनाएका थिए । त्यस्तै नगर उपप्रमुख देवेन्द्र बर्माले आफू पत्रकारिता क्षेत्रमा हुँदाका दिनहरुमा पत्रकारिता जटिल रुपमा रहेको र फ्याक्स गर्दा भूगोलका नाम फरक पर्दिने समस्या भोग्नुपर्ने बताएका छन । वर्तमान समयमा राम्रा कुराहरु छिट्टै हराउने र नराम्रा कुराहरु चर्चामै भैरहने यस्ता जटिल समस्याहरुलाई समाधान गर्नका निम्ति रिफ्रेस तालिम नभएको खण्डमा नगरपालिकाले सोही कार्यक्रमको सहयोग गरेको बताएका थिए । बिगतका दिनमा आफुले भोगेका समस्याहरु एवम आधुनिक समयमा डिजिटल पत्रकारिता तालिम सन्चालन गरेको समेत उनले बताए ।

तालिममा प्रशिक्षकको रुपमा खोज पत्रकारिता केन्द्र नेपालका महासचिव रामजी दाहाल र कान्तिपुर टेलिभिजन एवं हिमाल खबर पत्रीकामा आवद्ध पत्रकार मनिष पौडेल रहेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व जिल्ला अध्यक्ष गिरु प्रसाद भण्डारी, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष भुवन सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए भने नेपाल पत्रकार महासंघ प्यूठानका जिल्ला सचिब प्रकाश बैधले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।




Leave a Reply

Your email address will not be published.