स्वबियु निर्वाचन :- बिबादका कारण हुन सकेन २ संगठनको दल दर्ता

पथरी । चैत्र ५ गते हुने स्वबियु निर्वाचनको कार्यतालिका अन्तर्गत आज दल दर्ता गर्ने दिन मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखि क्याम्पसमा भने २ संगगठनको दर्ता प्रक्रिया हालसम्म हुन सकेको छैन ।

२ ठुला संगठन ने.वि संघ र अनेरास्ववियुबिच कसले पहिला दल दर्ता गर्ने भन्ने बिषयमा बिवाद हुंदा दर्ता ती २ संगठनको दर्ता हुन नसकेको हो । ने वि संघले आफुले पहिला दर्ता प्रक्रियाका लागि निर्वाचन प्रमुखको हातमा निवेदन दिएको र अनेरास्वबियुले बिबाद निकाल्नकै लागि आफुहरुले हातमा निवेदन दिदादिदै कागजको डल्ला पारि निर्वाचन समितिको सयोजकका सामु फालि आफुहरुको पहिला हुनुपर्ने भन्दै बिवाद निकालेको आरोप ने.वि संघले लगाएको छ ।

यता अनेरास्वबियुले भने आफुहरु पहिला पुगेका कारण आफ्नो संगठन पहिला दर्ता हुनुपर्ने अडान लिएको छ । बिबाद बढ्दै गएपछि २ संगठनबिच सामान्य घम्साघम्सिको अवस्था समेत आएको थियो ।

अनेरास्वियुका केही कार्यकर्ताले आफुलाई हातपात समेत गरेको ने.वि संघका इकाइ सभापति केशर राइले बताए । बिबाद समाधान हुन नसकेपछि दिउँसो २ बजे २ संगठनबिच छलफल राखिएको छ ।