रेडस्टारले मनायो २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं २ मा रहेको रेडस्टार अङग्रेजी बोर्डिङ स्कुलले आज आफ्नो २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाएको छ । पथरीशनिश्चरेश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थिहरुको साँस्कृतिक कार्यक्रमसमेत रहेको थियो ।

वि.सं २०५२ सालमा लोटस बोर्डिङका नाममा उक्त बोर्डिङ स्थापना गर्ने अशोक साम्पाङलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थिहरुले गायन तथा विभिन्न जातीय पहिचान झल्कने नृत्य प्रस्तुत गर्नुका साथै जिवन वरालद्धारा लिलित नाटक ‘श्रवणकुमार’ समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा गत परिक्षमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थि, विद्यालयका उत्कृष्ठ शिक्षक, उत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुका साथै शैक्षीक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको थियो । हिजो शुक्रबार बुढीगंगा गाउँपालिकास्थित स्मृति इङलिस स्कुलमा सम्पन्न जिल्लास्तरिय बादविवाद प्रतियोगितामा प्रथम स्थान ल्याउने रेडस्टारकी छात्रा सन्ध्या खड्का, पथरीशनिश्चरे वडा नं २ मा रहेको लर्डबुद्ध साकोसको बार्षिकोत्सवको अवसरमा सम्पन्न वत्तृत्वकलामा तृतीय स्थान ल्यापउने सोही विद्यालयकी छात्रा मोनिका आचार्यलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा पथरीशनिश्चरे नगरका शिक्षा विभाग अधिकृत नवीन खुलाल, वडा नं ८का वडाध्यक्ष नवीनजंङ्ग कार्की, प्याब्सन पूर्ब नगर अध्यक्ष उपेन्द्र कंडेल लगायतको उपस्थिति रहेको थियो । ब्रिटिस काउन्सिलबाट अवार्डसमेत प्राप्त गरेको उक्त बोर्डिङ शीक्षा क्षेत्रमा नगरकै उत्कृष्ट बोर्डिङका रुपमा परिचित छ ।