माओवादी केन्द्रिय समितको भर्चुअल बैठक बस्दै

  काठमाडौं / नेकपा माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ । स्थायी कमिटी बैठकले २२ सदसीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

भर्चुअल माध्यमबाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रीय सदस्यलाई जुम आइडी दिइएको थियो । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बताइएको छ।