उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षी वासेर अल असादलाई समवेदना पठाएका छन् । सोमवार गएको ७.८ रेक्टर स्केलवाट हजारौले ज्यान गुमाएको प्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङले समवेदना सन्देश पठाएका हुन ।
म विश्वस्त छु कि तपाईको नेतृत्वमा सिरियाली सरकार र जनताले जतिसक्दो चाँडो भूकम्पबाट भएको क्षतिलाई जित्नेछन् र प्रभावित मानिसहरूको जीवनलाई स्थिर बनाइनेछ,ू किमले सिरियाका राष्ट्रपति बसर अलअसदलाई समवेदना प्रकट गर्दै भनेका छन ।