१२ बजे देखी भोली साझ ७ बजे सम्म धरानका नाकाहरु बन्द हुदै

बिराटचोक  आज राति १२ बजे देखी भाली साझ ७ बजेसम्मकालागी धरान छिर्ने नाकाहरुमा सबारी आवागमा बन्द गरिने भएको छ । भोलि हुने उपनिर्वाचनको शुरक्षालाई मध्यनजर गर्दै धरान भित्रीने सवारीसाधनहरुलाई भित्रन नदिन पूर्वमा चोक्टी, पश्चिम बराहक्षेत्रको नडहामा, उत्तरमा भेडेटार र दक्षिणमान तरहरा गरी चावटै नाकाहरुमा रोक लगाइने इलाका प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अतिआवश्क सवारीसाधनका रूपमा एम्बुलेन्स, चिकित्सकको टोली भएको सवारी तथा बिबाहका सबारीहरूलाई धरानमा चल्न छुट दिइने छ भने खानेपानी तथा दुधका बोक्ने सबारीसाधनलाई अनुमति पत्र(पास) उपलब्ध गराएर चल्न दिइनेछ । यसका खलाभा अन्य सबारी साधनका लागी भने जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट अनुमति पत्र(पास) लिएको हुनु पर्ने बताइएको छ ।