आर्थिक समस्यामा बेलबारीका मृगौला पीडित रामचन्द्र

बेलबारी । बेलबारी नगरपालिका वडा नं २ बस्ने सुनिता गश्वामीले मृगौला पीडित आफ्नो श्रीमानको उपचारमा सहयोग गरेर ज्यान बचाई दिन आग्रह गरेकी छन् । ५८ वर्षिय श्रीमान रामचन्द्र गश्वामी मृगौला रोगी भएपछी उपचार गर्न समस्या भएको भन्दै श्रीमती सुनिताले आर्थिक सहयोग गर्न अपील गरेकी हुन ।

बेलबारी २ लालभित्ती बस्ने ५८ वर्षिय रामचन्द्र विगत ३ वर्ष देखी मृगौला रोगबाट पीडित छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनलाई नियमित रुपमा मृगौलाको डायलोसिस गर्न समेत समस्या भएको छ । शुरुमा नगरबाट केही रकम सहयोग पाएता पनि अन्य संघसस्थाबाट सहयोग पाउन नसकेको भन्दै रामचन्द्रकी श्रीमती सुनिता गश्वामीले गुनासो गरेकी छन ।

हाल सम्म सामन्य उपचारको लागि ऋण काढेर उपचार गरिरहेको सुनिताले बताइन । सुनिताले श्रीमानको उपचारमा सहयोग गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुले ९८२९३७६६०५ मा सम्पर्क गर्न साथै सुनिता गश्वामी नाम रहेको एभरेष्ट बैकको खाता नं ०१७१०५०१२००६९२ खाता मा समेत रकम जम्मा गरेर आर्थिक सहयोग गरिदिन अपिल गरेकी छन ।