बेलबारीमा टिफरले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा टिफरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन । बेलबारी ८ स्थित पुर्वपश्चिम राजमार्गमा बा ९९ प ६०३९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको टिफरले ठक्कर दिएको थियो।

टिफरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन । पथरीशनिश्चरे १० बस्ने वर्ष २९ का दलबहादुर भुजेल र बर्ष ३० को प्रताप भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैको हात खुट्टामा चोट लागेको छ । उनिहरुको स्थानिय मेडिकल भाउन्नेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।