उर्लाबारीमा श्रीमानले श्रीमती अर्कै सग सुतेको देखेपछी बञ्चरो प्रहार

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-२ स्थित सिरुझारमा श्रीमानले बञ्चरोको बिंड प्रहार गर्दा २ जना घाईते भएका छन् । आईतबार राति करिव ८ बजेको समयमा उर्लाबारी-२ सिरुझारको फ्याफुल्ला चौकमा रहेको कुमार राईको घरमा स्थानिय चन्द्रबहादुर राई र उनकी श्रीमती सगै सुतिरहेको देखेपछि राईले श्रीमती र ति पुरुषलाई बञ्चरोमा प्रयोग गरीने बिड प्रहार गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट राईकी ४१ वर्षीय श्रीमती र ३७ वर्षीय चन्द्रबहादुर राईको टाउकोमा चोट लागेको अस्थाई प्रहरी चौकी मंगलबारेका इन्र्चाज देव नाराएण यादवले बताए । घाईते दुवैको मंगलबारे स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार पश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।

बिंड प्रहार गर्ने ३९ वर्षीय राईलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । चन्द्रबहादुर सो घरमा बेलबखत घाँसदाउरा र मेलापात गर्न आउने गरेको र घटनामा समलग्न ३ जनाले मदकपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।