आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह लोकार्पण

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचाका कवि अमृतप्रसाद आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । कवी आचार्यद्वारा लिखित उक्त कविता सङ्ग्रह प्रगतिशिल केखक संघ प्रदेश १ बाट सार्वजनिक गरिएको हो । शनिबार सुकुना बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम गरिएको थियो ।

भाषाविद् तथा साहित्कारका रूपमा समेत परिचित लेखक आचार्यले लामो समयसम्म सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका छन । कार्यक्रममा सहभागी साहित्यकारले आफ्ना कविता, लघुकथा, कृतिभित्रका कविता, गजल, मुक्तक र हाइकु वाचन गरेका थिए ।