उपप्रधानमन्त्री लिङ्देनबाट ८३औँ पटक रक्तदान

रासस / उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३औँ पटक रक्तदान गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले ८३औँ पटक रक्तदान गर्नुभएको हो ।

राप्रपाका अध्यक्षसमेत रहनुभएका लिङ्देनले आफू किशोरावस्थादेखि रक्तदान गर्न थालेको बताउँदै नजिकमा रक्तदान कार्यक्रम देखेपछि समारोहस्थलमा प्रवेश गरेर रक्तदान गरेको स्मरण गर्नुभयो । रगतको आवश्यक पर्ने बिरामीलाई जीवन भर्न रक्तदाताको कार्यले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

युवा सङ्गठनका संयोजक राजेश भट्टराईले सामाजिक उतरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । पार्टीका वरिष्ठ अध्यक्ष रवीन्द्र मिश्र सहभागी हुनुभएको कार्यक्रममा अध्यक्ष लिङ्देनले हालसम्म १७२औँ पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्नुभयो ।