प्रतिनिधि सभामुखमा इन्दिरा रानामगर

काठमाडाैं / राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उपसभामुखमा रानामगर निर्वाचित भएको घोषणा गरेका छन् ।

रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा १६६ मत परेको थियो भने उनको विपक्षमा ९७ मत प्राप्त भएको थियो। एक सांसद तटस्थ बसेको बैठकमा १६४ जना सहभागी थिए ।पहिलो प्रस्तावबाट रानामगर बहुमतले उपसभामुख निर्वाचित भएकाले कांग्रेस उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतविभाजन नै भएन ।