घुससहित वडा सचिव पक्राउ

बिराटचोक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिवलाई घुससहित पक्राउ गरेको छ । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ताका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थमा सचिव दिनेश बास्कोटालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले बास्कोटालाई पक्राउ गरिएको हो ।