सभामुख देवराज घिमिरेले लिए शपथ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । एमालेका नेता रहेका घिमिरे सत्तारुढ दलको समर्थनमा सभामुखमा निर्वाचित भएका हुन् ।